साउदी अरबलाई महिला अधिकारको दृष्टिले निकै पिछडिएको देश मानिन्छ । महिलाहरुले चुनावमा भाग लिन पाउन थालेको पनि धेरै समय भएको छैन त्यहाँ ।
कट्टर मुस्लिम धर्माबलम्बीहरुको देश भएकाले साउदी अरेबियामा महिलाहरुले बुर्का लगाउनुपर्छ । तर सानालाई ऐन, ठूलालाई चैन भन्ने कुरा जहाँ पनि लागू हुँदो रहेछ । देशका सर्वसाधारण महिलाहरु धर्मको बन्धनमा कडा रुपमा बाँधिएपनि साउदीकी राजकुमारीको जिवन भने विन्दास रहेछ ।
अहिले साउदीकी राजकुमारीका तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् । ३३ वर्षकी राजकुमारी अमिराह अल तावील साउदी अरबकी पहिलो महिला हुन् सायद जसले बुर्कासहितका पुरै जिउ छोप्ने कपडाको साटो युरोपेली कपडा लगाउन सुरु गरेकी छिन् । उनले बुर्का पहिरिएर बाहिर निस्किन अस्विकार गरिन् । तर उनको आधुनिक पहिरनमा पनि परम्परागत बान्की पनि प्रष्टै देखिन्छ ।
अमीराह ती सबै महिलाका लागि प्रेरणा हुन् जो समस्याको बीचबाट अघि बढ्न चाहन्छन् । उनले केवल साउदी अरबमा मात्र होइन विश्वभर घुमेर सामाजिक समस्या कम गर्ने कोसिस गरिरहेकी छिन् । उनी अहिलेसम्म ७० देश घुमिसकेकी छिन् ।
दुनियामा विपत्ति सिर्जना भएका विभिन्न ठाउँमा यी राजकुमारी सहयोगका लागि पुग्ने गरेकी छिन् । उनले अपि|mकाका विभिन्न देशका घरबार वीहिनका लागि घर बनाइदिएकी छिन् र पाकिस्तानका बाढी पिडितका लागि पनि सहयोग गरिन् र सोमालियाका पीडितको सहयोगमा पनि उनी खटिइन् ।
साउदी अरबमा महिलालाई गाडी चलाउन प्रतिबन्ध छ तर यी राजकुमारी भने आफैले गाडी चलाउँछिन् ।
प्रतिक्रिया 4