+
+
Shares

भोजपुर-काठमाडौं सिधा बस सेवा सुरु

रासस रासस
२०७३ कात्तिक २ गते १२:२१

२ कात्तिक, भोजपुर । भोजपुरदेखि काठमाडौंसम्म सिधा यातायात सेवा सुचारु भएको छ।

Micro-Busचुम्लुङ्मा यातायात प्रालिले आजदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौंसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो।

चुम्लुङ्माले १८ सिट क्षमताका छवटा माइक्रोबस भोजपुर झिकाइसकेको भए पनि सडक सहज नहुँदा दिनमा दुई वटा मात्र बस सञ्चालन गरिने भएको छ। भोजपुरदेखि काठमाडौं सिधा यातायातको भाडादर रु २ हजार ५ सय निर्धारण गरिएको चुम्लुङ्मा यातायात प्रालिका सञ्जीव केसीले बताए।

भोजपुरदेखि सिधै काठमाडौं चल्ने माइक्रोबसमा फ्रि वाइफाइ, एसी, एलइडी कोच लगायतको सुविधा छ ।

यसअघि, राजधानी जान भोजपुरदेखि धरान हुँदै गाडी फेरेर झन्डै तीन दिन लगाएर जानुपर्ने बाध्यता रहेको थियो।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?