Comments Add Comment

चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत

Parliament-Building of Nepal

२ कात्तिक, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सिँचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सदनको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसैगरी बैठकमा परराष्ट्रमन्त्री डा. महतले जीवाणुजन्य (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धि प्रस्तुत गर्दा समितिमा पठाउनका लागि स्वीकृत भयो । सो महासन्धिलाई विश्वका १७५ देशले अनुमोदन गरिसकेका छन् ।

बैठकले चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई पनि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्रीका तर्फबाट न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सो विधेयक प्रस्तुत गरेका थिए ।

विधेयकको सैद्धान्तिक पक्षमाथि डा. सुबोध पोखरेल, रामनारायण बिडारी र प्रेम सुवालले भाग लिएका थिए ।

व्यवस्थापिका–संसद्को अर्काे बैठक यही कात्तिक ३ गते अपराह्न ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment