+
+

पहिलो महिला सागरमाथा आरोही तावेईको निधन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ६ गते २०:२५

junko-tabei

६ कात्तिक, काठमाडौं । पहिलो महिला सागरमाथा आरोही जुनको तावेईको निधन भएको छ । उनको ७७ वर्षको उमेर जापानमा निधन भएको हो ।

जापानको सरकारी सञ्चार माध्यम एनएचकेका अनुसार साइटामा क्यान्सर सेन्टरमा उपचारको क्रममा निधन भएको हो । उनलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।

जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले २० दिनमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् र पहिलो पहिलो महिला सागरमाथा आरोही बनिन् ।

साथै उनी सेभेन समिटको सफल आरोहण गर्ने पहिलो आरोही समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?