+
+
Shares

महाअभियोग प्रस्ताव पारित गराउन सांसदहरुलाई शन्ति समाजको अपील

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ७ गते १२:४८

lokman-singh-karki-3

७ कात्तिक, काठमाडौं । मानव अधिकार तथा शन्ति समाजले अख्तियार प्रमुख लोकमान सिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन सबै सांसदसमक्ष अपील गरेको छ ।

समाजका अध्यक्ष गंगाधर अधिकारीले जारी गरेको बिज्ञप्तिमा लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने र विधिको शासनप्रति सम्मान गर्ने सबै सांसदहरुलाई कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने कार्यमा एकै ठाँउमा उभिन आग्रह गरिएको छ ।

जनआन्दोलन दवाउन तत्कालिन मूख्यसचिव लोकमान सिंह कार्कीले खेलेको भूमीका तथा रायमाझी आयोगले दोषी ठहर्‍याएको स्मरण गराउँदै समाजले खिलराज रेग्मीको सरकारले उनलाई अख्तियार प्रमुख बनाउन गरेको असंवैधानिक निर्णयको त्यतिबेलै बिरोध गरेको बिज्ञप्तिमा उल्लेख छ ।

अहिले संसदमा दर्ता गरिएको कार्कीबिरुद्धको महाअभियोग प्रस्तावको समाजले स्वागत गरेको छ । बिज्ञप्तिमा समाजले प्रमुख दलहरुले विगतमा गरेको गल्तिको थोरै भएपनि सुधार प्रयासको रुपमा यसलाई लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?