Comments Add Comment

चिनी अभाव रोक्न ३० हजार मेट्रिकटन आयात

sugar-chini
७ कातिक, बारा । नेपालीहरुको महान चार्डपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ्ग लिमिटेड क्षेत्रिय कार्यालय वीरगञ्जले २ अर्ब ३७ करोड मुल्य बराबरको ३० हजार मेटि्रकटन चिनी आयात गरेको छ ।

चाँड पर्वको बेला चिनीको आपूर्तिमा कमि नहोस् भनेर सरकारको निर्देशनमा ३० हजार मेटि्रक टन चिनी आयात गरिएको साल्ट ट्रेडिङ्ग लिमिटेड क्षेत्रिय कार्यालय वीरगंजका निमित्त प्रमुख बासुदेव उपाध्यायले बताए ।

लिमिटेडले भारतको पश्चिम बंगाल स्थित रेणुका सुगर मिल्स लिमिटेडबाट पहिलो चरणमा १७ हजार मेटि्रक टन आयात गरेको छ । यसै गरी दोश्रो चरणमा १३ हजार मेटि्रक टन चिनी नेपाल भित्राइने उपाध्यायले बताए ।

पहिलो चरणमा भित्रिएको चिनी राजधानी लगायत मुलुकका विभिन्न भागमा पठाइसकेको उनले जानकारी दिए ।

हाल साल्ट ट्रेडिङ्ग लिमिटेडले उपभोक्ताहरुलाई चिनी प्रतिकिलो ७९ रुपैयाँ र १६ रुपैया केजीमा नुन उपलब्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment