सिँगारपटारले महिलाको सुन्दरतामा बढोत्तरी गर्दछ भन्ने कुरामा दुइमत छैन । तर के यस्तो सम्भव होला जहाँ मेकअप नगर्दा लोग्नेले आफ्नै श्रीमतीलाई चिन्नै नसकोस् ? यस्तै घटना भएको छ दुबइमा ।
दुबइमा एउटा यस्तो घटना भएको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहिता श्रीमतीलाई देख्दा लोग्ने डराएपछि नवविवाहित दम्पत्तिको डिभोर्स भएको छ ।
घटना अनुसार दुबइको अल ममजार तटीय क्षेत्रमा उक्त नवविवाहित जोडी घुम्नका लागि गएको थियो । त्यहाँ पुगेपछि पत्नी चाहीँलाई पौडी खेल्ने इच्छा जाग्यो र आफ्नो मेकअप उतारेर तटमा आइन् । जब उनले मेकअप सबै उतारेर लोग्नेसामु गइन् तब लोग्नेले त उनलाई चिन्नै सकेनन् ।
मेकअप गरेको बेला निकै सुन्दर देखिने ती युवती मेकअप फुकालेको बेला कुरुप देख्दा आफुले बिहे गरेकी पत्नी नै ुहन् भन्ने कुरा पत्याउन पनि गाह्रो पर्यो उनलाई । बिहे अघि आफुलाई गुमराहमा राख्नका लागि पत्नीले बिहेअघि नक्कली परेला लगाएको आरोप उनले लगाए । आफ्नो सक्कली अनुहार छोपेर सुन्दर देखिनका लागि युवतीले अनेकथरी कस्मेटिक प्रयोग गरेको समेत उनको दाबी छ ।
त्यस्तो ठम्याइसँगै ती पुरुषले आफ्नी नवविवाहिता पत्नीलाई डिभोर्स दिएका छन् ।
प्रतिक्रिया 4