+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लोकमानबारे निर्णय गर्ने दिन आएको छैनः मन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते ११:४८

९ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता प्रकाशशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय गर्न आफूहरुलाई हतारो नरहेको बताएका छन् । समय आएपछि त्यस सम्बन्धमा कांग्रेसले निर्णय लिने बताएका महतले पक्षमा निर्णय आउँछ कि विपक्षमा भन्ने खुलाएनन् ।

Prakash-Sharan-Mahatनुवाकोट-काठमाडौं पत्रकार समाजले दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा मंगलबार राजधानीमा गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा महतले भने, ‘लोकमानसिंह कार्कीबारे निर्णय गर्ने दिन आइसकेको छैन । निर्णय गर्ने दिनसम्म पार्टीले निर्णय दिन्छ ।’

उनले अघि भने, ‘निर्णय गर्ने दिन नआइकन हामीले भनेपनि निर्णय हुँदैन । जुनबेला निर्णय गर्ने दिन आउँछ त्यस दिन गर्छौं ।’

महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने उनले तर्क गरे ।

डा. महतले महाअभियोगको विषयले संविधान कार्यान्यवनजस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने धारणासमेत राखे ।

कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङ, पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, सांसद एवं कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ, कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका सांसद जगदीश्वरनरसिंह केसी, राप्रपा सांसद राज्यलक्ष्मी श्रेष्ठ, एमाले नेता एवं पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, राप्रपा नेता श्याम केसी, पर्यटन व्यवसायी सुमन पाण्डे लगायत पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?