Comments Add Comment

दुई महिलासहित १६ जुवाडे पक्राउ,२६ लाख बरामद

९ कात्तिक, काठमाडौं । तिहार सुरु हुन नपाउँदै काठमाडौंका विभिन्न होटलहरुमा जुवाअड्डा चल्न थालेका छन् । कमलपोखरी वृत्तको प्रहरी टोलीले सोमबार राति भगवती बहालस्थित एक होटलमा सञ्चालित जुवा अड्डामा छापा मारेको छ ।

juwa
फाइल तस्वीर

भगवती बहालस्थित अरुण अग्रवालले सञ्चालन गरेको ओम गणपती होटलमा प्रहरीले छापा मारेर दुई महिलासहित १६ जनालाई पक्राउ गरेको छ । होटलको १०५ नम्बरको कोठामा सञ्चालित जुवा अड्डाबाट राति साढे ११ बजे १६ जनालाई पक्राउ गरेको कमलपोखरी वृत्तका डीएसपी महेश थापाले बताए ।

उनीहरुको साथबाट जुवा, तासका बुकहरुसहित २६ लाख नगद र विभिन्न सुनका गहनाहरुसमेत बरामद भएको डीएसपी थापाले जानकारी दिए ।

पक्राउ परेकाहरु पेशेवर जुवाडे देखिएकाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment