
९ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउन अन्य राजनीतिक दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको एमाले स्थायी समितिको बैठकले महाअभियोगको पक्षमा दृढतापूर्वक उभिने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग प्रस्तावमा कांग्रेस विभाजित अवस्थामा रहेको भन्दै अन्ततः कांग्रेस प्रस्तावको पक्षमा आउन बाध्य हुने विश्लेषण सुनाएका थिए । देउवामाथि देशभित्र र बाहिरबाट दबाव रहेको एमाले बैठकमा चर्चा भएको थियो ।
बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै महाअभियोग प्रस्ताव पारित गराउन सहमति निर्माण गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4