+
+
Shares

२०१७ मा घुम्नैपर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते १६:५२

everest traking (3)

९ कात्तिक, काठमाडौं । आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ ।

ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ । नेपालमा गएको भूकम्पले धेरै क्षति भएपनि धेरै बाँकी रहेको भन्दै लोन्ली प्लानेटले नेपाल घुम्न प्रेरित गरेको छ । उसले भनेको छ, केही मठ मन्दिर भत्किए तर, धेरै भूभाग भूकम्पबाट प्रभावित छैन । जसमा लोकपि्रय पदमार्गहरु छन् ।’

नेपालसँग भत्किएका सम्पदाहरु पुनर्निर्माण गर्न सक्ने क्षमता र पूर्वाधार तर, यसका लागि आर्थिक स्रोत चाहिएको भन्दै उसले नेपाल भ्रमण गरेर पुनर्निर्माणमा सघाउन सकिने बताएको छ ।

२०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीको पहिलो नम्बरमा क्यानडा छ । कोलम्बिया दोस्रो, फिनल्याण्ड तेस्रो स्थानमा परेको छ ।

अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?