सामान्यतया जिउमा कपडा बदल्नका लागि कति समय लाग्ला ? ५ देखि १० मिनेट त थोरैमा पनि लागिहाल्छ ।
अझ महिलाले त कपडा लगाउन निकै धेरै समय लगाउँछन् । तर एक जोडीले भने कपडा लगाउन महिलाले धेरै समय लगाउछन् भन्ने मान्यतालाई गलत सावित गर्दै दुनियामै सबैभन्दा छिटो कपडा बदल्ने विश्वरेकर्ड कायम गरेका छन् । उनीहरुले एक मिनेट भित्रैमा १ पटक होइन १८ पटक सम्म जिउमा कपडा बदलेर विश्व किर्तिमान कायम गरेका हुन् ।
मलेसियाका एभरी चीन तथा सिल्भा लिमले यस्तो किर्तिमान कायम गरेका हुन् ।
चीनको वुहानमा गत सेप्टेम्बरमा भएको समारोहमा चीन र लिमले यस्तो रेकर्ड कायम गरे । उनीहरुले स्टेजमै एक मिनेटमा १८ पटक जिउमा कपडा बदले । यसअघि एक मिनेटमा १६ पटकसम्म जिउमा कपडा फेरेको रेकर्ड थियो, जसलाई उनीहरुले तोडे ।
यी दुई पेशाले जादूगर हुन् र उनीहरुको बिहे भएको ५ वर्ष भएको छ । सबैभन्दा छिटो कपडा बदल्ने किर्तिमानको यो भिडियो यु ट्युबमा भाइरल बनेको छ र लाखौँले हेरिसकेका छन् ।
प्रतिक्रिया 4