Comments Add Comment

चक्कु देखाई पैसा माग्ने दुई पक्राउ

१० कात्तिक, नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका-२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Thagiपक्राउ परेकाहरुमा स्थानीय २२ वर्षीय राजेश कामी र २८ वर्षीय सम्राट कामी छन् ।

मंगलबार त्रिशुलीबाट चोगतेतर्फ गईरहेको बा.३ ख ८९४५ को टिपर चालक बागेश्वरी-२ बस्ने ४० वर्षीय शालिकराम अधिकारीसँग पैसा माग्ने क्रममा हातपात गर्न खोजेको सूचना आएपछि खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुले प्रयोग गरेको बा.३९ प ९८३७ नम्बरको मोटरसाइकल र नगद २ हजार ४ सय १० रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment