+
+
Shares

सिमेन्टमा उपभोक्ताले बुझ्ने गरी ‘गुज्रने मिति’ राखिने

उत्तम काप्री उत्तम काप्री
२०७३ कात्तिक १३ गते १०:२९

cement
१२ कात्तिक, काठमाडौं । अब सिमेन्टमा पनि उपभोक्ताले सजिलै बुझ्ने गरी उत्पादन र गुज्रने मिति राखिने भएको छ । नेपालको कानुनमा कुनै पनि सामान उत्पादन गदै उत्पादन मिति, अन्तिम मिति, मूल्य, तौल र मिश्रण स्पष्ट रुपमा खुलाउन पर्ने नियम छ ।

अहिले नेपालमा स्वदेशी र विदेशी गरी झण्डै ३० भन्दा बढी कम्पनीले सिमेन्टको उत्पादन गरिरहेका छन् । तर, यी उद्योगहरु सिमेन्टको बोरमा अन्य कुरा स्पष्ट रुपमा उल्लेख गरेपनि उत्पादन मिति र प्रयोगको अन्तिम मिति भने स्पष्ट रुपमा उपभोक्ताले थाहा पाउने गरे राख्ने गरेको छैनन् ।

तर, त्यो भन्दैमा सिमेन्टको बोरामा उत्पादन मिति र प्रयोग गर्न अन्तिम मिति भने उल्लेख हुँदै नभएको हैन । अन्य समानमा जस्तै स्पष्ट र उपभोक्ताले सहज रुपमा थाहा पाउने गरी मात्र मिति उल्लेख नभएको हो ।

हुनतः सिमेन्टलाई सुरक्षित भण्डार गर्न नसकेको अवस्थामा एक सातामै सिमिन्टको गुणस्तर ह्रास हुन्छ । तर, सुरक्षित तवरबाट भण्डार गरिएको सिमेन्ट ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
अहिले के व्यवस्था छ ?

तर सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधि भित्र उपयोग गरिसक्नु पर्छ । नत्र सिमेन्ट पनि ‘डेट एक्सपायर्ड’ हुन्छ र तपाईँले गर्न खोज्नु भएको निर्माण कच्चा हुन जान्छ ।

यसरी उत्पादन गरिएको सिमेन्टमा दैनिक उपभोग्य गर्ने सामानमा जस्तो स्पष्ट भाषामा उत्पादन गरेको र म्याद सकिने मिति लेखिएको हुदैँन ।

तर पनि तपाईँले ध्यान दिएर उपभोक्ताले सिमेन्टको बोरामा हर्ने हो भनेे सो मिति तपाईँले थाहा पाउन सक्नुहुन्छ । सिमेन्ट उत्पादन कम्पनीले सिमेन्ट उत्पादनको समयमा बोरामा कम्पनीले व्याच नम्बर लेखेको हुन्छ ।

यही व्याच नम्बर आधारमा सजिलैसगँ सिमेन्टको उत्पादन मिति र अन्तिम मिति पत्ता लगाउन सकिने नापतौल तथा गुणस्तर विभागका निर्देशक विश्वबाबु पुडासैनी बताउँछन् ।

उपभोक्ताले सिमेन्ट खरिद गर्दा सबै भन्दा पहिले सिमेन्ट उत्पादन कहिले भएको हो भनी बुझ्नलाई सिमेन्टको व्याच नम्बर हेर्नुपर्छ ।

सिमेन्टको बोरामा सिमेन्ट उत्पादन गर्दा कम्पनीले वर्षमा ५२ हप्ता अनुसार ५२ वटा व्याच नम्बर राखेको हुन्छ । जस्तै २०७३ वैशाख १ गते देखि ७ गते सम्मको समयमा उत्पादन गरिएको सिमेन्टमा २०७२३/१ लेखिएको हुन्छ ।

बोरामा २०७३/५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७२ चैतको अन्तिम हप्ता उत्पादन गरिएको हो भनी बुझ्नुपर्छ ।
यसरी उत्पादन गरिएको सिमेन्ट सहि तरिकाले स्टोर गरेर राखिएको छ भने ६ महिना भित्रमा प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ । त्यसैले ग्राहकले सिमेन्ट किन्दा सिमेन्टमा लेखिएको व्याच नम्बर हेरेर खरिद गर्नुपर्छ ।

पछिल्लो समयमा उत्पादन गरिएको व्याच नम्बर उलेख गरिएको सिमेन्ट खरिद गर्नु राम्रो हुने पुडासैनीले बताए ।
तयारी अन्तिम चरणमा

अब विभागले नेपाली उद्योगले उत्पादन गर्ने सिमेन्टको बोरामा उत्पादन तथा डेट एक्सपायर्ड मिति राख्ने तयारी गरेको छ । विभागले यसअघि विभिन्न चरणमा उद्योगी तथा सरोकार वला निकायसँग छलफल समेत गरेको थियो ।

विभागले गरेको तयारीमा सिमेन्ट उद्योगीहरुले समेत स्वाग गरिसकेका छन् ।

विभागले भने अब तिहार तथा छठ पर्व लगतै एक पटक सरोकारवलासँग छलफल गरेर यो नियम कार्यन्वयनमा ल्याउने पुडासैनीले जानकारी दिए । तर, व्यवसायीहरुले गुज्रने मिति (एक्सपायर्ड डेट) समेत राख्ने कुरा भने उपयोगी नहुने उद्योगीहरुको तर्क छ ।

सिमेन्टको बोरामा प्रयोग गर्ने अन्तिम मिति राख्दा उपभोक्ताले झन गुणस्तरहीन सिमेन्ट प्रयोग गर्न बाध्य हुने अवस्था आउने उद्योगीहरुको भनाइ छ । उद्योगीहरुका अनुसार सिमेन्ट सुरक्षित तरिकाले स्टोर नगरेमा सिमेन्ट २ दिनमै गुणस्तरहिन हुन्छ ।

त्यसैले सिमेन्टको बोरामा अन्तिम मिति प्रयोग गर्दा समस्या आउने उद्योगीहरु बताउँछन् । विभागले भने सिमेन्टको प्रयोग गर्नबाट बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ सिमेन्टको बोरामा उत्पादन मिति र अन्तिम मिति उल्लेख गर्नुपर्ने नियम ल्याउन लागेको बताएको छ ।

सर्वसाधारणबाट सिमेन्टको बोरामा उत्पादन मिति र प्रयोग गर्ने मिति नभएको गुनासो दिनप्रतिदिन थालेपछि विभागले यसको तयारी गरेको हो ।

‘उपभोक्ताले गुणस्तरयुक्त सिमेन्ट प्रयोग गर्नबाट बञ्चित नहुन् भने उद्देश्यका साथ सिमेन्टको बोरामा सिमेन्ट उत्पादन गर्दाकोे मिति प्रयोगमा ल्याउने तयारीमा छौँ’ पुडासैनीले भने, ‘उपभोक्ताले पनि सचेत हुँदै सिमेन्ट खरिद गर्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?