+
+

प्रेमको प्रश्नमा सोनाक्षी भड्किइन्, छाडिन् इन्टरभ्यू

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १५ गते १०:४५

sonaxi-sinha-hot
नायिका सोनाक्षी सिन्हा यतिबेला चलचित्र ‘फोर्स २’को प्रमोशनमा व्यस्त छिन् । नायक जोन अव्राहिमसँग सोनाक्षीले यो चलचित्रमा एक्सनको दृश्य दिएकी छिन् । चलचित्रमा सोनाक्षी फिट पनि देखिएकी छिन् ।

सोनाक्षीले फिट हुनुको कारणबारे भनिन्-‘यो तपाइको लाइफ स्टाइलमा निर्भर हुन्छ । म एक पटकमा एउटा मात्र चलचित्र गर्छु र आफ्नो खानेकुरालाई विशेष ध्यान दिन्छु । यसको असर तपाइले लामो समयपछि देख्नुहुन्छ । जोनको साथमा चलचित्रमा काम गरेपछि म फिटनेशमा अझ सचेत भएकी छु ।’

तर, अरु सबै प्रश्नको जवाफ खुलेरै दिएकी सोनाक्षीले प्रेमको प्रश्नमा भने आक्रोशित जवाफ दिइन् । उनले भनिन्-‘म धेरै पुरुषसँग विभिन्न कार्यक्रममा देखिएकी हुन्छु । तर, सधै एक मात्र पुरुषसँग मेरो नाम किन जोडिन्छ ?’

सोनाक्षीले बंटी सजदेहसँगको प्रेम चर्चा के हो भन्ने प्रश्नमा ‘नो कमेन्ट्स’ भन्दै इन्टरभ्यू नै छाडिदिएकी छिन् । सोनाक्षी र बंटीको प्रेम चर्चाले लामो समयदेखि मिडिया गर्माइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?