News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित कथानक फिल्म ‘म मदनकृष्ण’ को शुक्रबार शुभमुहूर्तसँगै छायांकन सुरु भएको छ ।
- काभ्रेको पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुने फिल्मको प्रदर्शन मिति चैत ४ गते तोकिएको छ ।
- फिल्ममा मदनकृष्णको भूमिका महेश त्रिपाठीले, यशोदाको भूमिका केकी अधिकारीले र हरिवंश आचार्यको भूमिका अरुण क्षेत्रीले निर्वाह गर्नेछन् ।
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित कथानक फिल्म ‘म मदनकृष्ण’ को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।
काभ्रेको पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुनेछ । छायांकन थाल्दै निर्माताले चैत ४ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।
यो फिल्मको निर्देशकमा मिलन चाम्स छन् ।
यो पटक लिजेन्ड्री व्यक्ति रहेको र संघर्ष, सफलता र अनुभवको सिंगो पहाड नै रहेकाले ‘म मदनकृष्ण’ थप उत्कृष्ट चलचित्र बन्नेमा आफ्नो टिम ढुक्क रहेको चाम्सले बताए ।
‘म मदनकृष्ण’ मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । दर्शकले केकी अधिकारीलाई मदनकृष्णकी श्रीमती यशोदाको भूमिकामा देख्न पाउनेछन् ।
अरुण क्षेत्री हरिवंश आचार्यको भूमिकामा देखिनेछन् । अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।
प्रतिक्रिया 4