Comments Add Comment

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, २ घाइते

१५ कात्तिक, भक्तपुर । भक्तपुरको च्यामासिंहमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

bykeriderबा ४७ प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला-२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन् । घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक भक्तपुर नगरपालिका-२ लिवाली बस्ने १९ वर्षीय निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment