+
+

मुखर्जी बाहिरिएपछि त्रिभुवन विमानस्थल खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १७ गते १३:३६

१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा  बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ५० मिनेट पछि खुलेको छ ।

tiaभारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा ओर्लिनु अघि नै त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थल बन्द गरिएको थियो । मुखर्जी विमानस्थलबाट बाहिरिएलगत्तै विमानस्थल खुलाइएको हो ।

मुखर्जीको आगमनलाई मध्यनजर गर्दै बन्द गरिएको उडान तथा अवतरण अहिले जारी छ ।

भिभिआइपी र भिआइपीको सुरक्षाका लागि भन्दै सरकारले करिब ५० मिनेटसम्म विमानस्थल पुरै बन्द गराएको थियो । आन्तरिक तथा अन्तराष्ट्रिय सबै विमानका उडान-अवतरण रोकिँदा यात्रुहरु मर्कामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?