Comments Add Comment

नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल

kushum-shrestha-1

पाकिस्तानी चाइबालापछि अहिले इन्टरनेटमा नेपालकी तरकारीवाला निकै भाइरल भएको छ ।

पाकिस्तानमा चिया बेच्ने अर्साद खान निलो आँखाका कारण इन्टरनेटमा #चाइवाला नामबाट चर्चामा आए । अहिले उनी मोडलिङको दुनियामा प्रवेश गरेका छन् ।

त्यस्तै शैलीमा नेपालकी एक चेली #तरकारीवाली नामबाट इन्टरनेटमा छाएकी छिन् ।

kushum-shrestha

पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले यो तस्वीर लिएका हुन् । गोरखा र चितवन जोड्ने पुलमा तरकारी बोकेर हिड्दै गएकी र तरकारी बेच्न बसेको समयमा मोबाइल फोनमा कुराकानी गर्दै गरेको उनको तस्वीर निकै भाइरल भएको छ ।

सुन्दर अनुहारका कारण उनलाई धेरैले तारिफ गरेका छन् । तर, के पाकिस्तानी चिया बेच्ने युवकको जस्तै यो तस्वीरले नेपालकी तरकारी बेच्ने युवतीको भाग्य बदल्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment