Comments Add Comment

रित्तो रंगशालामा खेल्यो रियल मड्रिड, रोकियो बराबरीमा

karim-benzem१८ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिजिया वार्सोले रियल मड्रिडलाई बराबरीमा रोकेको छ ।

स्पेनिस जाइन्ट रियल मड्रिडड र पोल्याण्डको क्लब लिजियाबीच बुधबार राति भएको खेलमा रंगशाला पुरै खाली थियो । लिजियाको घरेलु मैदानमा भएको अघिल्लो खेलमा समर्थकहरुले उपद्रो मच्चाएपछि यो पटक ढोका बन्द गरेर खाली रंगशालामा खेलाइएको हो ।

खेल सुरु भएको ५७ औैं सकेन्डमा नै गोल गर्दै रियल मड्रिडका ग्यारेथ बेलले नयाँ रेकर्ड बनाए । च्याम्पियन्स लिग फुटबलको इतिहासमा यो नै सबैभन्दा छिटो भएको गोल हो ।

२० औं मिनेटमा करिम बेन्जिमाले अग्रता दोब्बर पारे । तर, पहिलो हाफ सकिन ५ मिनेट बाँकी छँदा भाडिस ओदजिडज ओफाईले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए ।

५८ औं मिनेटमा राडोभिकले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए भने ८३ औं मिनेटमा मुलानले गोल गर्दा लिजिया वार्सो ३-२ को अग्रता लिन सफल भयो । यद्यपि यो धेरैबेर टिक्न सकेन ।

दुई मिनेटपछि नै कोभासिसले गोल गरे र खेल ३-३ को बराबरीमा सकिएको छ । यो बराबरीले रियल मड्रिडलाई च्याम्पियन्स लिगको नक आउट चरणमा पुग्न थप खेल खेल्नु पर्ने भएको छ ।

समूह फएको शीर्ष स्थानमा बोरुसिया डर्टमुन्ड छ र उसको १० अंक छ भने ८ अंकसहित रियल दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment