Comments Add Comment

नगर्नुस यी गल्ती, जसले घरायसी सामग्रीको आयु छोट्याउँछ 

काठमाडौ । हामीले दैनिक प्रयोग गर्ने  फ्रिज, वासिङ्ग मेसिन, माइक्रोवेभ लगायतका उपकरण घरायसी सामग्रीमा पर्दछन् । ती सामग्रीको सदुपयोगले जीवन सहज बन्दछ । तर कार्य व्यस्तता तथा अल्छीपनाका कारण  हामी ती सामग्रीको प्रयोगमा आवश्यक सतर्कता अपनाउँदैएनौं ।

सही तरीकाले प्रयोग नगर्दा हाम्रा घरायसी सामग्री समय अवागै विग्रने गर्दछन् । जान-अन्जानमा गरने साधारण गल्तीले पनि ती सामग्रीको आयु छोट्याउने गर्दछ ।

घरायसी सामग्रीको प्रयोग गर्ने सम्बन्धमा यी तरीका अपनाउन सकेको खण्डमा तपाईको सामानको आयु बढाउनुका साथै तपाईहरुलाई त्यसको सही तरीकाले प्रयोग गर्न मद्दत मिल्नेछ ।

वासिङ्ग मेसिनः

washing-mesine

  • वासिङ्ग मेसिनको माथिपट्टी कहिल्यै पनि भारी सामान राख्नु हुँदैन । साथै त्यसमा उभिनुहुँदैन ।
  • मेसिनमा लुगा हाल्दा जहिले पनि सबै खल्तीको चेकजाँच गर्नु पर्दछ । मेसिन चलाउनु पूर्व स्टिल, फलाम तथा चुम्बकका सामानलाई मेसिनबाट हटाउनु पर्दछ ।
  • मेसिनमा विशेष किसिमको सर्फको प्रयोग गर्नु पर्दछ, जुन मेसिनकै लागि भनेर बनाइएको हुन्छ । सामान्य सर्फको प्रयोगले मेसिनमा अत्याधिक फिज आई त्यसले लुगा खुइलिन तथा विग्रन सक्छ ।
  • प्रत्येक पल्ट मेसिनको प्रयोग गरिसकेपछि त्यसमा रहेको रबरलाई राम्ररी पुछ्नुहोस् । त्यसमा रहेका भाँडाहरुलाई बाहिर निकालेर सुुख्खा बनाउनुहोस् ।यो प्रकृया नियमित अपनाउनुस् ताकी त्यसमा फोहर नजमोस् र चिस्यानका कारण ढुसी नपरोस् ।
  • लुगा धनासाथ त्यहाँ भएका सबै लुगाहरुलाई तत्काल मेसिनबाट बाहिर निकालिहाल्नोस् । लामो समयसम्म लुगा मेसिनमै रहँदा समय अगावै मेसिनको ड्रम विग्रन सक्दछ ।
  • तपाईको मेसिनमा विशेष प्रकारको सफा गर्ने विशेषता छैन भने महिनाको कम्तीमा एक पल्ट आफैले भए पनि मेसिनलाई सफा गर्नुहोस् । खाली मेसिनलाई केही समयको लागि अधिक तापक्रममा चलाएर त्यसलाई सफा गर्नुहोस् । त्यस्तै मेसिन सफा गर्दा त्यसमा रहेको डिस्पेन्सरमा भेनेगर, कागतीको रस लगायतका वस्तु हाल्न नछुटाउनुहोस् ।

रेफ्रिजरेटरः

friz-copy

  • रेफ्रिजरेटर अर्थात फ्रिजलाई किनेदेखि नै होसियारी अपनाउन जरुरी हुन्छ । सबैभन्दा बढी ध्यान दिनु पर्ने कुरा भनेको फ्रिजलाई ढल्किन नदिनु हो ।जहिले पनि फ्रिज किनेर घर लग्दा त्यसलाई ४० डिग्री भन्दा बढी नढल्काई सिधै अवस्थामा घर लैजानु पर्छ । अन्यथा फ्रिजको कम्प्रेसरबाट तेल चुहिएर फ्रिज विग्रन सक्दछ ।
  • घर लग्नासाथ फ्रिज चालु गर्दा त्यसमा रहेको कम्पे्रसरबाट तेल चुहिन सक्छ । घरमा लग्दासम्म पनि फ्रिज ढल्केको छैन भन्ने कुरामा यदी तपाई विश्वस्त हुनुहुन्छ भने फ्रिज चालु गर्नु पुर्व कम्तीमा ६ घण्टा प्रतिक्षा गर्नुहोस् ।यदी शंका लागेको छ भने कम्तीमा  १५ घण्टा कुरेर मात्र नयाँ फ्रिज प्रयोग गर्नुहोस् ।
  • कहिल्यै पनि तातो खानालाई सिधै फ्रिजमा नहाल्नुहोस् । खानालाईकम्तीमा सेलाउन दिनुहोस् । यसले फ्रिज बिग्रनबाट जोगाउँछ ।
  • बजारमा पाइने नयाँ मोडलका फ्रिजहरुमा वर्षको दुई पटक ‘अटो डिफ्रोस्ट’ गर्न जरुरी नपर्न सक्छ । यद्यपी, वर्षको दुई पटक फ्रिजलाई बन्द गरेर डिफ्रोस्ट गर्नाले तपाईको फ्रिज सफा रहन्छ ।
  • फ्रिज सफा गर्दा पछाडीको भाग सफा गर्न नभुल्नु होला । सफा गर्दा भ्याकुम क्लिनरका प्रयोग उपर्युक्त हुन्छ । त्यसको लागि पहिला फ्रिज बन्द गर्न जरुरी छ ।

राइस कुकरः

rice-coker

  • राइस कुकरमा चिसो भाँडा कहिल्यै नराखौ । यसले तपाईको सामानको आयु छोट्याउन सक्छ ।
  • राइस कुकरमा चिल्लो नजमोस् तथा खाना नटाँसियोस् भन्नका लागि हरेक पल्ट त्यसलाई प्रयोग गरिसकेपछि सफा गर्न जरुरी हुन्छ । राईस कुकर सफा गर्दा जहिले पनि नरम स्पञ्जको प्रयोग गर्नु पर्छ ।
  • चामललाई कहिल्यै पनि राइस कुकुरको भाडोमा पखाल्नु हुँदैन । त्यसले कुकरको भित्री भागमा कोरिन सक्छ ।
  • कुकरमा खाद्य सामग्री राख्दा जहिले पनि तोकिएको रेखा भन्दा मुनी राख्नुहोस् । यसले तपाईको राईस कुकरलाई लामो समयसम्म टिकाई राख्न मद्दत गर्छ ।

डिसवासरः

diss-wash

  • डिसवासरमा भाडालाई घोप्ट्याएर राख्नुपर्छ ।
  • वासरमा भाँडा राख्नु पुर्व भाँडामा भएका सबै खानालाई पखाल्न नविर्सौ । अन्यथा भाँडामा भएको फोहोर मेसिनमा अड्किएर मेसिन विग्रन सक्दछ ।
  • वासरमा नयाँ भाडा धुन राख्दात्यसमा टाँसिएका स्टिकरलाई निकाल्न नविर्सौ ।  अन्यथा त्यसले मेसिनको फिल्टरलाई जाम गर्न सक्छ ।
  • वासरमा भाँडा राख्दा भाँडा एक आपसमा नठोकिने गरी राख्नु पर्दछ । त्यस्तै पानी सबैतिर पुग्नेगरी भाँडालाई मिलाएर राख्नु पर्छ ।
  • भाडा धुँदा डिसवासरमा प्रयोग हुने साबुनको मात्र प्रयोग गरौ । जुनसुकै साबुनको प्रयोगले मेसिन विग्रन सक्छ ।
  • वासरमा साना-साना भाँडा राख्दा नछरिने गरी मिलाएर राख्नु पर्दछ । गलत तरीकाले भाँडा राख्दा त्यसले मेसिनलाई बाधा पुर्‍याउन सक्छ ।
  • मेसिन प्रयोग गर्दा डिस्पेन्सरमा नुनको प्रयोग उपयुक्त मानिन्छ । यसले मेसिनको आयु लम्ब्याउनुका साथै मेसिनले अझ राम्ररी काम गर्न सक्छ ।

माइक्रोवेभः

microwave

  • माइक्रोवेभमा हल्का खाना तताउँदा एक गिलास पानी साथमा राख्नु उपयुक्त हुन्छ । उक्त पानीले माइक्रोवेभबाट उत्पन्न हुने विकिरणलाई केही हदसम्म सोस्नुका साथै राम्रो नतिजा प्रदान गर्छ ।
  • सकेसम्म माइक्रोवेभको माथि गहृगो सामान नराखौ । राख्नै परेको खण्डमा भ्यान्टिलेटरलाई खुलै छोडौं ।
  • माइक्रोवेभलाई खाली राखेर कहिल्यै नचलाऔ । यसले माइक्रोवेभको म्याग्नेट्रोनलाई सजिलै विगार्न सक्छ, जसले माइक्रोवेभमा विकिरणहरु अत्पन्न गराउँछ ।
  • माइक्रोवेभमा सकेसम्म ठूला भाँडाको प्रयोग नगरौं । (माइक्रोवेभको क्षमताबारे पहिले नै त्यहाँ राखिएको किताबमा जानकारी दिइएको हुन्छ । )
  • माइक्रोवेभमा खाना तताउदा जुन पायो त्यही भाडाको प्रयोग नगरौ । सानो हेल्चक्राइले पनि आगो लाग्न सक्छ ।
  • चाहिने भन्दा बढी खाना नतताऔं।
  • माइक्रोवेभको प्रयोग गरिसकेपछि त्यसमा लागेका खानेकुरा, चिल्लो पदार्थ लगायतका फोहरलाई कागती पानी तथा भेनेगरको प्रयोगद्वारा सफा गर्न सकिन्छ ।

टोस्टरः

toster

  • टोस्टरलाई कहिल्यै पानीमा नपारौ र त्यसलाई चिसो हातले कहिल्यै नसमातौ । पर्दा लगायत बल्ने कुराबाट यसलाई टाढै राखौ ।
  • टोस्टर, सुख्खा पाउरोटीको लागि बनाइएको हुँदा यसमा चिल्लो तथा बटर लगाइएको पाउरोटी नराख्नु नै उपयुक्त हुन्छ ।
  • यदी तपाई टोस्टरको प्रयोग दैनिक रुपमा गर्नुहुन्छ भने कम्तीमा हप्ताको एक पटकत्यसलाई राम्ररी सफा गर्नुस् । सफा गर्दा नरम तथा सुख्खा कपडाको प्रयोग गर्नुस् । साथै सफा गर्नुपूर्व तार हटाउन नबसिर्नुस् ।

ब्लेण्डरः

blader

  • तातो खानेकुरालाई सिधै व्लेण्डरमा नहाल्नुहोस् । कम्तीमा त्यसलाई सेलाउन दिनुहोस् ।
  • व्लेण्डरको प्रयोग गर्दा जहिले पनि त्यसमा भएको तरल पदार्थलाई मोटरमा छिर्नबाट ध्यान दिनुहोस् । त्यस्तै, ब्लेण्डरलाई कहिल्यै पनि पानीमा नपखाल्नुहोस् । सकेसम्म सुख्खा कपडाको प्रयोग उचित हुन्छ ।
  • ब्लेण्डरलाई धेरै समयसम्म एकनासले नचलाइरहँदा त्यसभित्र रहेको मोटर तातेर तपाईको सामानको आयुलाई छोट्याउन सक्दछ ।
  • तरकारी टुक्र्याउन व्लेण्डरको प्रयोग उचित मानिदैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment