Comments Add Comment

मुखर्जीको भ्रमणमा राजेश हमालको यस्तो आक्रोश

rajesh-hamal
यतिबेला भारतीयका राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकिय भ्रमणको क्रममा छन् । उनी वुधबार नेपाल आइपुगेका हुन् । मुखर्जीको भ्रमणलाई लिएर सरकारले उच्च सुरक्षा सर्तकता अपनाएको छ । तर, काठमाण्डौमा अघोषित कर्फ्यु लगाएजस्तो देखिएको छ । जसको सामाजिक संजाल र नागरिकको तर्फबाट निकै आलोचना भैरहेको छ ।

सरकारले काठमाण्डौमा अघोषित कर्फ्यु लगाएपछि नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालले पनि आक्रोश व्यक्त गरेका छन् । राजेशले देशको राजनीतिक अवस्थाका बिषयमा समय-समयमा सामाजिक संजालबाट आक्रोश व्यक्त गर्दै आएका छन् । rajesh-hamal-status

हमालले लेखेका छन्-‘मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा हुँदा हाम्रोमा नाकाबन्दी, हाम्रो देशमा आउँदा कफ्र्यू, मित्रता भारी पर्ने भो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment