+
+
Shares

मुखर्जीलाई कालो झण्डा देखाउनेलाई सार्वजनिक मुद्दा !

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते ११:३७

fanindra-nepal-and-sharad-bhusal

१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा कालो झण्डा देखाएर विरोध गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल, अधिकारकर्मी शारदा भुसाललगायत पक्राउ परेका हुन् । बुधबार नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति मुखर्जीलाई कालो झण्डा देखाउन नेपाल नेतृत्वको समूह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेटमा पुगेको थियो ।

प्रहरीले नेपालसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष नेपालसँगै तिलक बोहोरा, योगेश बराल र राम खड्का छन् ।

त्यस्तै मुखर्जीको भ्रमणको विरोधमा कालो कपडा लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेको भन्दै अधिकारकर्मी शारदा भुसाललाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका नेपाल र भुसालसहित पाँचैजनालाई काठमाडौं परिसरको हिरासतमा राखिएको छ ।

र, उनीहरुलाई सार्वजनिक मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले बताए । ‘मुखर्जीको भ्रमण सुरक्षित बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु खटिएका छन् । कसैले त्यसमा खलल पुर्‍याउने प्रयास गर्छ भने उनीहरु कारबाहीको दायरामा आउँछन्,’ एसएसपी थापाले भने ।

भुसालले भने हिरासतमै रहेको अवस्थामा अनसन थालेकी छन् । पक्राउ पुर्जी नदिएको तथा उचित व्यवहार नभएको भन्दै भुसालले राति ८ बजे अनसनको घोषणा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?