Comments Add Comment

मधेसी तथा थारु समुदायका महिलाहरु समाचकेवा पर्व मनाउँदै

smachkewa-parba
कात्तिक १८, बारा । मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरुले समाचकेवा पर्व धुमधामका साथ मनाइरहेका छन् ।

भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्ने गर्दछन् ।

बाराको कलैया, गंजभवानीपुर, तेतरिया, कोल्हवी, गडहल, बरियारपुर लगायतका गाँउमा दाजुभाइ तथा दिदीबहिनीको प्रेम तथा मायालाई झल्काउने समाचकेवा पर्व बर्षमा एक पटक खेल्नाले दाइभाइको प्रेम, माया, मामता र दीर्घायु बढ्ने धार्मिक किम्बदन्तीसहित विश्वास गरिएको स्थानीय महागढीमाई १० का बुटाई साहले बताए ।

द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा घुम्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएका थिए ।

यो कुरा सुनेपछि सामाका भाइ साम्बले दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको किम्बदन्ती छ ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउ थालिएको जनविश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment