Comments Add Comment

शिवसेनाले मेची-महाकाली ज्योतिर्लिङ्ग यात्रा गर्ने

shivasena

१८ कात्तिक, काठमाडौं । हिन्दु राज्यको माग गर्दै आएको शिवसेना नेपालले मेची-महाकाली ज्योतिर्लिङ्ग यात्रा-२०७३ अयोजना गर्ने भएको छ ।

बिहीबार रिपोर्टर्स क्लबमा शिवसेना नेपालले पत्रकार सम्मेलन गरी कात्तिक २१ गतेदेखि पशुपतिनाथ मन्दिर परिसरबाट ज्योतिर्लिङ्ग यात्रा सुरु गर्ने जानकारी गराएको हो ।

कार्यक्रममा ज्योतिर्लिङग यात्रा समितिका संयोजक अरुण सुवेदीले आदिकालबाट प्राप्त गरेको हिन्दु राष्ट्र नेपाललाई भावी पुस्तालाई पनि हिन्दु राष्ट्रनै हस्तान्तण गर्ने चाहना रहेको बताए ।

उनले भने, ‘धर्म जोगाउन, हिन्दुराष्ट्र बचाउनकै लागि पहिलो चरणमा तराई र पहाडका करिब ४० जिल्लामा ज्योतिर्लिङ्ग यात्रा गरिने छ, त्यसपछि बाँकी सबै जिल्लामा हामी अभियान सुरु गर्ने छौँ ।’

कार्यक्रममा यात्रा व्यवस्थापक गणेशलाल श्रेष्ठले शिव सेना नेपाल रहेसम्म हिन्दुराष्ट्र स्थापना गर्न लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment