Comments Add Comment

नियात्रा कृति लिएर आइन् जया

jaya-rai-bookकाठमाडौं । पछिल्लो समय बेलायतमा बस्दै आएकी जया राई साहित्य कर्ममा पनि सक्रिय छिन् । नेपाल आएको बेला उनले ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक नियात्रा कृति ल्याएकी छिन् ।

कृतिको लोकार्पण गर्दै वरिष्ठ कवि एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले मिठासपूर्ण भाषा-शैलीका कारण गद्य लेखनमा जयाको पकड बलियो रहेको बताए । ‘विभिन्न स्थानको घटना र परिवेशको लोभलाग्दो चित्रण गरेको पाएँ’, उनले भने ।

यस्तै, कृतिमाथि टिप्पणी गर्दै साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालले जयाको लेखन सरल र सहज रहेको उल्लेख गरे । अर्का टिप्पणीकार प्राज्ञ डा. अमर गिरीले जयाको लेखनी प्रभावकारी रहेको भन्दै उनका नियात्राहरूले पाठकलाई सूचनाका साथै आनन्द प्रदान गर्ने दाबी गरे ।

भुँडीपुराण प्रकाशनले छापेको कृतिमा १५ वटा नियात्रा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment