Comments Add Comment

प्रचण्डले माओवादी मन्त्रीहरुलाई भने- काम गराई पटक्कै भएन

कार्यशैली सुधार्न र जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन

Prachanda,-Chairman-of-Maoist-Center

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई कार्यशैली सुधार्न र जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

सरकारको कामकारबाही सन्तोषजनक नभएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले शुक्रबार बालुवाटारस्थित निवासमा माओवादी मन्त्रीहरुलाई बोलाएर गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

स्रोतका अनुसार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आक्रोशित रुपमा प्रस्तुत भएका थिए । उनले भने, ‘सरकार गठन भएको सय दिन पुग्न लाग्यो । तर, काम भने जनताले महसुस गर्ने गरी भएको छैन । कार्यशैली सच्याउनुस् र तुरुन्त जनताले महसुस गर्ने गरी काम गर्नुस् ।’

उनले सरकारले राम्रो काम गर्न खोज्दा अनेकौं भ्रम फैलाउने गरिए पनि त्यसलाई चिर्ने तर्फ मन्त्रीहरुबाट काम नभएको गुनासो गरे ।

मन्त्रीहरु संस्थागत निर्णयबाट नचलेको, नयाँ कार्ययोजना नल्याएको, जनपक्षीय काममा ध्यान नदिएको र पार्टीकै कार्यकर्ताहरुलाई चिढ्याएको भन्दै प्रधानमन्त्री प्रचण्डले आलोचना गरेका थिए ।

‘म दिनरात खटेर काम गरिरहेको छु । तर, अरुको काम गराइ पटक्कै भएन,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हामीले सरकारको नेतृत्व गर्नुपर्नाको कारणको गाम्भिर्यतालाई पनि बुझ्नु पर्‍यो ।’

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भने सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment