+
+
Shares

लाँकुरीभञ्ज्याङको रिसोर्टमा लडेका थिए प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १४:२५
फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाँकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेको पाइएको छ ।

उच्च स्रोतकाअनुसार प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो ।

गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए ।

यता प्रचण्डको सचिवालयले बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन ।

छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?