+
+
Shares

बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

स्रोतले भन्यो, ‘टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते ८:०९

२४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।

गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

स्रोतले भन्यो, ‘टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’

नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ । स्वास्थ्यप्रति चासो राख्नेहरुलाई प्रचण्डको सचिवालय र पारिवारिक सदस्यहरुले मंगलबार राति बाथरुममा गएको बेला लडेर बाथटबमा निधार ठोक्किएकाले तीनवटा टाँका लगाउनु परेको जानकारी दिने गरेका छन् ।

प्रचण्ड अहिले घरमै आराम गरिरहेका छन् । प्रचण्डको सचिवालयका एक सदस्यले भने स्वास्थ्य सामान्य भएकाले नियमित काममा फर्किसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?