कात्तिक २६ गते रिलिज हुने भनिएको चलचित्र ‘बिजुली मेसिन’को प्रदर्शन मिति केहि पर सरेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार अब यो चलचित्र मंसिर १७ गतेबाट देशभर रिलिज हुनेछ । अब कात्तिक २६ गते ‘जंगबहादुरको कोट र जात्रा’को प्रतिस्पर्धा हुने भएको छ ।
निर्माणपक्षले दिएको जानकारी अनुसार आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथामा यो चलचित्र तयार भएको छ । नविन आवालको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायक राजेश हमालले पनि विशेष भूमिका निर्वाहा गरेका छन् ।
साथमा, अभिषेक सुवेदी, जीवन अधिकारी, वुद्धि तामाङ, आशिष लुइटेल, जीवन भट्टराई चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रलाई रिसभ आचार्य, दीपेन बस्नेत, संजिव कुमार न्यौपाने, विन्दु तिमिल्सिना छन् ।
चलचित्रलाई समयसामायिक कथामा तयार पारिएको यसका निर्देशकले बताए । उनका अनुसार, दर्शकले नौलो कथामा यो चलचित्र हेर्न पाउनेछन् ।
प्रतिक्रिया 4