+
+
Shares

कोल्टे फेर्दै हुम्लाको लिमी भ्याली (फोटो कथा)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७३ कात्तिक २१ गते १५:१३

limi-valley-14२१ कात्तिक, काठमाडौं । हुम्ला सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि पुगिन्छ, लिमी भ्याली । यो ठाउँ समुद्री सतहबाट तीन हजार ६ सय ६० मिटरको उँचाइमा अवस्थित छ । तिब्बती जीवनशैली रहेकोले लिमी भ्याली पर्यटकको रोजाइमा पर्छ ।

तीन वटा गाउँ हल्जी, तिल र जाँग मिलेर यो भ्याली बनेको छ । हल्जीमा ८२ घर छन् भने तिलमा ५२ र जाँगमा ६० घरपरिवार बस्छन् । एउटा गाउँबाट अर्को गाउँ पुग्न करिब तीन घन्टा लाग्ने गर्छ । यसमध्ये हाल्जी गाउँको प्रमुख आकर्षण हो, हल्जी गुम्बा । जुन हजार वर्षभन्दा पनि पुरानो मानिन्छ ।

limi-valley-8

लिमी भ्यालीका बासिन्दा घरैपिच्छे एक जनाको दरले रोजगारीको लागि चीनको ताक्लाकोट जाने गर्छन् । यस भ्यालीका बासिन्दाको मुख्य बाली जौं, गुलियो फापर र आलु हो । हल्जीको महत्वपूर्ण बाली भने ‘उवा’ हो ।

जाँगका अध्यक्ष नुर्बु लामाका अनुसार लिमी भ्यालीमा जाँगमा मात्र सडक पुगेको छ । त्यहाँ चीनसँगको लाप्चा नाकाबाट सामान ल्याउने गरिन्छ, जुन ३० किलोमिटरको दूरीमा छ । तिल भने हिल्सा नाकाबाट सबैभन्दा नजिक रहेको त्यहाँका अध्यक्ष थिन्ले तामाङ बताउँछन् । गाउँको विकासमा सडक सञ्जाल आवश्यक रहेकोले अहिले हिल्सातर्फ सडक खन्न लागिएको उनले बताए ।

limi-valley-19

limi-valley-3

limi-valley-1 limi-valley-2 limi-valley-4 limi-valley-5 limi-valley-6 limi-valley-7 limi-valley-9 limi-valley-10 limi-valley-11 limi-valley-12 limi-valley-15 limi-valley-16 limi-valley-17 limi-valley-18

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?