Comments Add Comment

हनुमान जीले जात्रामा कसको वारे बरखी ?

rabindra-singh-baniya
काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’मा हनुमानजीको भुमिका निर्वाह गरेका रबिन्द्र सिंह बानिया पछिल्लो चलचित्र ‘जात्रा’मा बरखी बार्ने पात्रका रुपमा देखिएका छन् । धेरैको जिज्ञासा छ यी पात्रले किन बरखी बारे ।

रबिन्द्रसिंहलाई पनि धेरैले सोधेका रहेछन् किन सेतो लुगा ? बखरीसँग कथाको कुनै साइनो नभएको उनको भनाई छ । उनले चलचित्र ‘झुम्की’मा इन्सपेक्टरको भुमिका निर्वाह गरेका थिए । त्यहि क्रममा उनले कपाल छोट्याए । जात्राको सुटिङ हुने बेलासम्म उनको कपाल छोटै थियो । निर्देशक प्रदिप भट्टराईसँग सल्लाह गरे । ‘कपाल छोटो छ के गर्ने होला ?’

प्रदिपले सुझाब दिए । त्यसो भए सेतो लुगा लगाएर अभिनय गर्नुस्, गेटअप पनि युनिक देखिन्छ’ रबिन्द्रसिंहलाई लाग्यो ठिकै हो ।

सानो घटनाले दुर्घटना निम्त्याउँछ

जात्रामा साना-साना घटनालाई प्रस्तुत गरिएको छ जुन घटनाले दुर्घटना समेत निम्त्याउँछ । चलचित्रको पहिलो स्क्रिप्ट निर्देशक प्रदिपले नै सुनाएका थिए । नाम पहिल्यै जात्रा थियो ।

त्यही वेलामा फिल्मी बजारमा अर्को हल्ला थियो । निर्देशक आलोक नेम्वाङ (स्वर्गीय) जात्रा बनाउँदैछन् । रबिन्द्रसिंह लगायतका टोली चलचित्र विकास बोर्डमा गएर हेरे फिल्मको नाम दर्ता नै भएको रहेनछ । आफ्नो फिल्मको नाम दर्ता गरेर आए । फिल्मको नाम दर्ता गरेपछि स्क्रिप्टमाथि फेरि बहस सुरु भयो । रबिन्द्रको टोली स्क्रिप्ट परामर्शका लागि भन्दै निर्देशक मनोज पण्डितकोमा पुगे ।

मनोजले स्क्रिप्ट पढे र केहि गम्भिर प्रश्न गरे । जुन प्रश्न जायज थियो । त्यसपछि सुरु भयो पुर्नलेखन । रबिन्द्र भन्छन् ‘त्यसपछि त साँच्चीकै जात्रा जस्तै भयो । बैशाख २४ लाई सुटिङ तोकेको स्किप्ट करेक्सन गर्नै चार महिना लाग्यो’ ।

हनुमान जी त्यसै हिट

पशुपति प्रसादमा हनुमान जीको चरित्र निर्वाह गरेपछि रातारात हिट भए रबिन्द्र सिंह । उक्त चलचित्रको स्क्रिप्ट लेख्नेक्रममा खगेन्द्रसंगै थिए रबिन्द्रसिंह पनि । रिसर्चको क्रममा घाटे, हनुमान जी लगायत केहि पात्र छुटाउनै नहुने खालका भेटेका थिए ।

सुटिङ हुनु केहि अघि छलफलको क्रममा खगेन्द्रले भने ‘तिमी हनुमानजीको चरित्र निर्वाह गर न त, डाइलग बोल्न पनि पर्दैन’ रबिन्द्रसिंह राजी भए । फिल्म रिलिजपछि सबै भन्दा धेरै चर्चा हुनुमानजीकै भयो । त्यस्तै चर्चा जात्रामा बरखी बारेको पात्रको हुने हो कि होइन हेर्न बाँकी नै छ ।

आउँदो शुक्रवार रिलिज हुने यस फिल्ममा बिपिन कार्की (भष्मे), वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे, प्रबीण खतिवडा, कमलमणी नेपाल, भोलाराज सापकोटालगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment