Comments Add Comment

लोकमानलाई सर्वोच्चको आदेशः आफैं उपस्थित भएर लिखित जवाफ दिनू

२३ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेकोमा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीसहित चार जनालाई कारबाही गर्न माग गर्दै परेको रिटमा विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ ।

Lokman-Sing-Karkiर, यसरी लिखित जवाफ दिँदा प्रतिवादीहरु स्वयम् अदालतमा उपस्थित हुनु पर्नेछ ।

मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशमा भनिएको छ, ‘सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् आफैं उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नू ।’

कार्कीको योग्यतासम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेलीका क्रममा अवरोध भएको थियो ।

तामेलीमा अवरोध गर्ने कार्की, उनका ज्वाइँसहित चार जनालाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका थिए ।

निवेदनमा कार्कीसँगै उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई विपक्षी बनाइएको छ ।

साथै अदालतले लिखित जवाफ आएपछि वा अवधि नाघेपछि निवेदनमा सर्वोच्चको पूर्ण इजलासमा विचाराधीन मिसिल सुनुवाईका लागि पेश हुँदा साथै पेश गर्न भनिएको छ ।

कार्कीको योग्यतासम्वन्धी मुद्धा पूर्ण इजलासमा विचाराधीन छ । र, सर्वोच्चले फैसला पुनराबलोकन गर्ने आदेश दिएको छ । तर, कार्की तारेख बुझन गएका छैनन् ।

सुरुको १५ दिन समय गुजारेका उनीसँग अब १५ दिन अर्थात कात्तिक ३० गतेसम्म समय छ । यो समयमा पनि उनी आफैं वा उनको वारेसनामा उपस्थित नभएमा मुद्धा स्वत पेशीमा चढ्नेछ ।

कार्कीको सुविधा खोस्न माग गर्दैर् परेको अर्को निवेदनमा भने बिहीकारको पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment