Comments Add Comment

हिलारीले चुनाव जितिन् भने श्रीमान बिल बन्लान् त ‘फर्ष्ट लेडी’ ?

hilari-and-bill-clintonहिलारी क्लिटन राष्ट्रपतिमा निर्वाचित भइन् भने एउटा गहन र बिचारणीय प्रश्न उब्जनेछ । राष्ट्रपतिका पतिलाई के भनेर सम्बोधन गर्ने ?

अमेरिकामा अहिलेसम्म पुरुषमात्रै रामष्ट्रपतिमा निर्वाचित भएका छन् र उनीहरुका जीवनसाथीलाई फर्ष्ट लेडी भनेर सम्बोधन गरिन्छ । अमेरिकाका एक राष्ट्रपति जेम्स ब्युकानन् भने जीवनभर अविवाहित रहे ।

तर बिल क्लिन्टनको सवालमा भने केहि अद्भुद प्रयोग हुनेछ । उनी अमेरिकी राष्ट्रपतिका पहिला पुरुष जीवनसाथीमात्रै हुने छैनन् हृवाइट हाउसमा आफ्नो श्रीमतीका कारण फिर्ता आउन पाउने भाग्यमानी पुरुषपनि हुनेछन् ।

आर्कन्सा राज्यका पूर्व गभर्नर बिल क्लिन्टन सन् १९९२ र सन् १९९६ मा गरी २ पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

अमेरिकामा के प्रचलन छ भने पदबाट मुक्त भइसकेवपपछ पनि राष्ट्रपतिको पद अगाडि पूर्व लेखिदैन/भनिदैन ।

तर यदि हिलारी निर्वाचित भइन् भने बिलले राष्ट्रपतिका जीवनसाथीको रुपमा भूमिका निर्वाह गर्नुपर्ने हुनेछ र त्यसैकारणले उनलाई राष्ट्रपति भनेर बोलाउन अप्ठेरो हुनसक्छ ।

जानकारहरुका अनुसार अमेरिकाको राज्यतहमा यो बिषयको निरोपण भइसकेको छ । अमेरिकामा ६ जना महिला गभर्नर छन्, उनीहरुका श्रीमानलाई फर्स्ट जेन्टलम्यान भनेर सम्बोधन गरिन्छ । तर त्यसका लागि कुनै नियम भने छैन ।

तर फेरि एकपटक राष्ट्रपति भइसकेको व्यक्ति जीवनभरका लागि राष्ट्रपति हो ।

यसअघि जर्ज बुस र उनका छोरा जर्ज डब्ल्यु बुस राष्ट्रपति हुँदा ‘राष्ट्रपति बुस’ भन्ने सम्बोधनमा कसलाई जनाउने अन्यौल भएको थियो । त्यतिबेला दुवै बाबुछोरा एकै स्थानमा हुँदा एकलाई राष्ट्रपति र अर्कालाई पूर्व राष्ट्रपति भनेर सम्बोधन गरिन्थ्यो ।

यदि हिलारी निर्वाचित भइन् भने हृवाइट हाउस र त्यहाँको निर्वाचनले राष्ट्रपतिका/की जीवनसाथीका लागि उपलब्ध गराउने कार्यालयको उपयुक्त नाम जुराउनेछन् ।

बिलको सवालमा उनी राष्ट्रपति भइसकेका कारण उनलाई ‘फर्ष्ट जेन्टलम्यान’ भनेर सम्बोधन गर्न हुन्न भन्ने आवाज पनि उठिरहेको छ ।

अमेरिकामा फर्ष्ट लेडीको आफ्नै कर्मचारी र बजेट हुन्छ । उनले समाजसँग जोडिएका महत्वपूर्ण बिषयहरुलाई आफ्नो रुचीको बिषयमा बनाउँछन् । यसअघि लाउरा बुसले साक्षरतालाई जोड दिएकी थिइन् भने मिसेल ओवामाले बालबालिकाको स्याहारलाई जोड दिएकी थिइन् । उनले पूर्व सैनिकका लागि पनि सहयोग गर्नै आएकी थिइन् ।

यता बिल क्लिन्टनले यदि अनकी श्रीमती राष्ट्रपति निर्वाचित भइन् भने आफुले सञ्चालन गर्दै आएको क्लिटन फाउण्डेसनबाट अलग्गिने घोषणा यसअघि नै गरिसकेका छन् ।

हिलारी निर्वाचित भएमा उनी राष्ट्रपति रहुन्जेल पति बिलले कुनैपनि सरकारी लाभको काम गर्न पाउने छैनन् ।

तर हिलारी क्लिन्टनले भने आफ्ना श्रीमानलाई अमेरिकाको अर्थतन्त्रलाई कसरी पुनर्ताजगी गर्न सकिन्छ भनेर सोच्ने काम दिने बताएकी छन् । बिल क्लिन्टन राष्ट्रपति हुँदा उनले बजेट घाटामा महत्वपूर्ण सुधार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment