नायक राजेश हमालले बेलैमा बिहे गरेको भए अहिले नायक अनमोल केसी जस्तै अर्का स्टार चलचित्र बजारमा जमिरहेका हुन्थ्य भन्नेहरु पनि छन् । तर, सन्तानको कुरा व्यक्तिगत हो ।
श्रीमति मधु भट्टराइलाई लिएर यतिबेला सिक्किम आएका नायक राजेश हमालले बिहे, सन्तानको बिषयमा मिडियासँग कुरा गरे । हमालले बेलैमा बिहे गरेको भए अनमोल केसी जस्तै स्टार जन्मिथ्य भन्ने प्रश्नमा ‘हेर्दै जाउ’ मात्र भने ।
मधुले सन्तानको चाहना राखेको तर हमालले अहिले नै नचाहेकाले बैबाहिक जीवनमा खटपट भएको हो भन्ने प्रश्नमा मधु केहि आक्रोशित देखिइन् । उनले यस्तो हल्ला पत्रकारले आफै चलाएका होलान् भनिन् ।
हमालले बच्चाको कोशिश गर्दै गरेको भन्दै रोमान्टिक कुरा गरे । हमालले आफू र मधुको कलकलाउँदो जवानी छ भन्दै सन्तानको बारेमा सोच्दै गरेको बताए ।
चलचित्र निर्देशनको बिषयमा हमालले भने-‘काम भैरहेको छ, समय लाग्छ ।’ उनले चाडै नै चलचित्र निर्देशन गर्ने विचार रहेको समेत सुनाए । सिक्किममा पत्नीसँग रोमान्टिक बनेका हमालले नेपाली दर्शकले नेपाली बिषयवस्तु नै हेर्न चाहेको भन्दै त्यसलाई राम्रो तरिकाले प्रस्तुत गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4