Comments Add Comment

मधेसी मोर्चाका नेताले भने-एमालेसामू औचित्य पुष्टि गरिसकेका छौं

laxmanlal-Karna

२५ कात्तिक, काठमाडौं । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सद्भावना पार्टीका नेता कर्णले भने, ‘प्रधानमन्त्रीले त्यही भन्नुभएको छ, यसमा हामी पूर्ण विश्वस्त छौं ।’ एमाले संविधान संशोधनको विपक्षमो जान्छ भन्ने नलागेको भन्दै उनले भने, ‘एमाले जनताको पक्षभन्दा बाहिर जान सक्दैन, हामीले उठाएका मुद्दा जनताको मुद्दा हुन् ।’

एमालेले संविधान संशोधनको औचित्य पुष्टि गर्न भनेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हामी एमालेसँग ३६ पटक वार्तामा बसेका छौं, औचित्य हामीले पुष्टि गरिसकेको छौं ।’

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा तीन पार्टीले दादागिरी देखाएको भन्दै मधेसी मोर्चाका नेता कणले मधेसी मोर्चासँग अहिलेसम्म प्रस्तावक र समर्थकहरुले कुनै छलफल नै नगरेको दाबी गरे । उनले थपे, ‘अहिलेसम्म मोर्चालाई यसबारेमा कुनै कुरा गरिएको छैन, सोधिएको पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment