Comments Add Comment

किन बढ्दैछ नग्न सेल्फीको क्रेज ?

nude-selfiमोबाइल फोनको प्रयोग गर्नु तथा सोसल मिडियामा घण्टौँसम्म च्याट गरेर बस्नु आजकलका युवावर्गको मनपर्ने काम बनेको छ ।

सोही क्रममा सोसल नेटवर्किंग साइटमा बन्ने सम्बन्धको फेहरिस्त पनि बढिरहेको छ । सेल्फीको क्रेज तथा फोटो शेयरिंग जस्ता चिजहरु आजकल आम क्रियाकलाप बनिसकेका छन् । तर हालै भएको एक सर्भेेले अनौठो तथ्य सार्वजनिक गरिदिएको छ ।

युवाहरुमा भएको एक शोधका अनुसार १२ वर्षमाथिका किशोर किशोरीहरुमा नग्न सेल्फी लिएर त्यसलाई शेयर गर्ने चलन तिव्र बनेको छ । यो चलन यसकारण पनि बढिरहेको छ की यस्तो नग्न सेल्फी शेयर गर्ने काम कुनै विश्वासपात्रसँग मात्र हुन्छ । तर कहिलेकाहीँ यस्तो पनि भएको देखिएको छ की जहाँ मानिसहरु अपरिचित मानिसहरु सँग नाता गाँसेर समेत छिटै नग्न सेल्फी शेयर गर्न पुग्दछन् र सोही कारण धम्की या ब्लाकमेलिंगको सिकार बन्दछन् ।

Self-produced Images-Risk Taking Online शीर्षकको उक्त अध्ययन अनुसार यस्तो मामिलामा कैयन पटक पुलिस, अभिभावक तथा स्कुलका सहपाठीहरुलाई समेत किशोर किशोरीमाथि शोषण भैरहेको कुरा जानकारी हुँदैन ।

युनिभर्सिटी अफ इडेनवर्गका एक शोधकर्ताका अनुसार किशोर किशोरी तथा युवायुवतीहरुले कैयौँ पटक अनलाइनमा फोटो अपलोड गरेसँगै विभिनन खाले धम्कीको सामना गर्नुपरिरहेको हुन्छ जबकी उनीहरुको फोटोमा त्यस्तो गल्ती केही रहेको हुँदैन ।

अध्ययन अनुसार ७३ प्रतिशत मानिसहरु अनलाइनमा फोटो शेयरिंग गर्दछन् । उनीहरुले आफ्नो पार्टनर तथा कहिलेकाहीँ अपरिचितले मागेकै भरमा पनि आफ्नो फोटो शेयर गरिदिन्छन् । पार्टनरलाई आफ्नो नग्न सेल्फी पठाउनुको प्रमुख कारण सम्बन्ध अझै विश्वासिलो तथा मजबुत होस् भन्नका लागि हुन्छ । कहिलेकाहीँ पार्टनरको जिद्दीका कारण पनि यसो गर्दछन् ।

अनलाइनमा यस्तोखाले सेल्फी शेयर गर्नेमध्ये ५९ प्रतिशतले यसलाई हँसिमजाक र रामइलोको विषय ठान्दछन् । ५९ प्रतिशतले रोमान्स गर्ने एक तरिकाको रुपमा लिन्छन् । ४९ प्रतिशतले आफ्नो पार्टनरको ध्यान आफुतर्फ खिच्ने एक तरिकाको रुपमा लिन्छन् ।

शोधकर्ताहरुका अनुसार हरेक अभिभावकले आफ्ना बच्चाबच्चीको सामाजिक जिवन तथा इन्टरनेट आनीबानीका विषयमा नजर राख्नुपर्दछ । आफ्ना किशोर किशोरी तथा बालबालिका सन्तानलाई गाली गर्नुको साटो यसका नकारात्मक असरहरुको बारेमा सम्झाउनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment