Comments Add Comment

स्थानीय तह पुनर्संरचनाः १९ जिल्लाको प्रतिवेदन बाँकी

२८ कात्तिक, काठमाडौं । स्थानीय तह पुनर्संरचना अयोगमा १९ जिल्लाको प्रतिवेदन आउन बाँकी छ । शुक्रबारसम्म ५६ जिल्लाबाट प्रतिवेदन प्राप्त भएको छ ।

Ministry of Federal Affairs and Local Developmentप्राप्त प्रतिवेदन अध्ययन गर्दा ५ सय १९ वटा स्थानीय तह बनाउन सिफारिस भएको छ ।

आयोगले अधिकतम ७ सय ४४ वटा स्थानीय तह कायम गर्नेगरी जिल्ललाई विभिन्न मापदण्डका आधारमा सिफरिस गर्न निर्दैश गरेको छ ।

आयोगमा प्राप्त ५६ जिल्लाको तथ्यांक हेर्दा ७ सय ३१ भन्दा कम स्थानीय तह हुने देखिएको आजको नागरिक दैनिकमा समाचार छ ।

आयोगमा प्रदेश नक्बर १ र ७ का सबै जिल्लाले गाउँपालिका, नगरपालिकाको संख्या र सिमानसहितको प्रतिवेदन बुझाइीसकेका छन् ।

प्रदेश नमबर ३ मा सिन्धुलीले मात्र प्रतिवेदन बुझाउन बाँकी छ । प्रदेश नम्बर ४ का ५ जिल्लाले प्रतिवेदन बुझाएका छन् भने ६ जिल्लाले बुझाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment