Comments Add Comment

विश्वकपमा छनौट हुने वेल्सको लक्ष्यमा सर्बियाको धक्का

bale२८ कात्तिक, काठमाडौं । विश्वकप छनौट फुटबलमा सर्बियाले वेल्सलाई बराबरीमा रोकेको छ । यससँगै विश्वकपका लागि छनौट हुने वेल्सको लक्ष्यमा गम्भीर धक्का लागेको छ ।

शनिबार राति भएको खेलमा सर्बियाले बेल्सलाई १–१ को बराबरीमा रोक्दै अंक खोसेको हो । घरेलु मैदानमा भएको खेलमा वेल्सले ३० औं मिनेटमा ग्यारेग बेलको गोलबाट अग्रता लिएको थियो ।

तर, अन्तिम केही मिनेट सम्हालिन सकेन । ८५ औं मिनेटमा मिटरोभिकले सर्बियाका लागि बराबरी गोल गरे । वेल्स अहिलेसम्म अपराजित छ र समूहको शीर्ष देशभन्दा ४ अंकले पछाडि छ ।

समूह डीमा रिपब्लिक अफ आयरल्याण्ड ४ खेलबाट १० अंससहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सर्बियाको ८ अंक छ । वेल्स भने ६ अंकका साथ समूहको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment