+
+

पेरिस घटनापछि शारीरिक र मानसिक रुपमा कमजोर किम

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २८ गते ११:२६

kim-kardashian-hot
गत महिना चर्चित रियालिटी स्टार किम कार्दशियन बसेको अपार्टमेन्टमा लुटेराले हमला गरेर करोडौ मुल्यको गहना चोरेका थिए । किममाथि भएको यो घटनाले संसारभरका मिडियामा उच्च स्थान पनि पायो । वन्दुकधारीले किमलाई बन्धक बनाएर उनीसँग भएका करोडौ मुल्यका गहना चोरेका थिए ।

यो घटनालाई किमले अझै पनि विर्सन सकेकी छैनन् । किमले अहिले निकै नराम्रा सपना देखिरहेको मिडियाले उल्लेख गरेका छन् ।
किम अहिले दैनिक रुपमा थेरेपिस्टसँग भेटिरहेकी छिन् । किम अहिले दैनिक मेडिटेसन गरिरहेकी छिन् । यतिमात्र होइन, किमले अहिले आफूलाई लो प्रोफाइलमा राखेकी छिन् । उनी आफ्नो घरबाट पनि बाहिर ननिस्किएको मिडियाले उल्लेख गरेका छन् ।

किम इन्स्ट्राग्राममा सक्रिय थिइन् । तर, अहिले उनले सामाजिक संजालबाट पनि आफूलाई टाढा जस्तै बनाएकी छिन् । थेरेपिष्टसँग किम दैनिक रुपमा कि त स्काइपबाट वा प्रत्यक्ष भेटेर सल्लाहा लिइरहेकी छिन् । किम शारीरिक र मानसिक रुपमा कमजोर बनेको अंग्रेजी अखबारहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?