२८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा केशवप्रसाद सिंहलाई नियुक्त गरेको छ ।
त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार डिन सर्च कमिटीको सिफारिसका आधारमा सिंहलाई डीन नियुक्त गरिएको हो । नियुक्तिको पत्र बुझेपछि नवनियुक्त डिन श्रेष्ठले सबैलाई मिलाएर अघि बढ्ने बताए ।
डिन पद नौ महिनादेखि रिक्त थियो । र, डा. गोविन्द केसीले आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्न सरकार र त्रिविलाई आइतबार दिउँसो २ बजेसम्मको अल्टिमेटम दिएका थिए ।
डिन सर्च कमिटीले अग्रवालसँगै केशवप्रसाद सिंह र डा. ज्योती शर्माको नाम सिफारिस गरेको थियो ।
डा. केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्न माग गर्दै आएका छन् । उनले डा. जेपी अग्रवालको नाम अघि सारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4