Comments Add Comment

ट्रम्पले के-के गर्लान् ? डराउन कति जरुरी छ ?

donald-trump

डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भइसकेका छन् । कंग्रेसमा पनि उनकै रिपब्लिकन पार्टीको बर्चश्व छ । यस्तो अवस्थामा ट्रम्पलाई लिएर संसारभरबाट थुप्रै आशंकाहरु र प्रश्नहरु देखिन्छन् ।

थुप्रै मानिसहरु ट्रम्प राष्ट्रिपति निर्वाचित भएको स्वीकार गर्न सकिरहेका छैनन् भने अमेरिकाकै थुप्रै स्थानहरुमा बिरोध प्रदर्शन पनि भइरहेका छन् ।

यो पनि अनुमान लगाउन थालिएको छ कि सत्ता सम्हालेपछि ट्रम्पले के के गर्नेछन् । मुसनमान, समलिंगी विवाह, गर्भपतन, जलवायु परिवर्तन तथा अन्य केहि मुद्धाहरु छन् जसप्रति ट्रम्पको धारण कहिल्यै सकारात्मक छैन । चुनावी अभियानका क्रममा पटक पटक ट्रम्पले यस्तै कुराहरु दोहोर्‍याइरहन्थे ।

के राष्ट्रपति ट्रम्प हृवाइटहाउसमै रहन्छन् ?

पछिल्लो बर्ष ‘द हिल’ वेबसाइटलाई दिएको अन्तर्वार्तामार्फत ट्रम्पले यो अफवाहलाई खारेज गरे । उनले भनेका थिए कि उनी अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा हृवाइट हाउसमै बस्नुपर्ने लामो समयदेखिको परम्परा तोड्ने छैनन् । र, वाशिंटन डिसीको महत्व पनि कम गर्न चाहँदैनन् ।

ट्रम्पले भनेका थिए, ‘हजुर, म हृवइटहाउसमै रहनेछु किनकि सत्ता सञ्चालन गर्न त्यहीँबाट सजिलो हुनेछ । म शायदै हृवाइट हाउस छोड्नेछ, किनिकि धेरै काम गर्नुपर्नेछ ।’

फेडेरल एभिएसन एडमिनिस्ट्रेशनले न्युयोर्कस्थित उनको घरको सुरक्षा बढाएको छ । अहिले यस इलाकामा हवाई उडानका लागि पनि प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध तबसम्म जारी रहनेछ जतिबेलासम्म उनी हृवाइटहाउस सिफ्ट हुँदैनन् । उनले २० जनवरीमा सपथ लिनेछन् र भोलिपल्ट हृवाइटहाउस सिफ्ट हुनेछन् ।

राष्ट्रपति बनेपछि पनि आफ्नो व्यवसाय जारी राख्लान् ?

यो निश्चित छ कि ट्रम्पले यस्तो गर्ने छैनन् । सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पका वकिलले भने कि उनका सबै बिजनेश छोरा जुनियर ट्रम्प र छोरी इवान्काले सम्हाल्नेछन् । अंशबण्डाको लफडाका कारण उनको शेखपछि सबै व्यवसाय ट्रस्टको रुपमा दर्ता हुन्छ । ट्रम्प आफ्नो व्यवसायका कारण पनि आलोचकहरुको निशानामा रहन्छन् ।

mexico-wall

के ट्रम्पले अमेरिका र मेक्सिकोको सीमानामा पर्खाल लगाउँलान् ?

ट्रम्पले चुनावी अभियानका क्रममा थुप्रैपटक यो प्रतिबद्धता जनाएका थिए कि उनी अवैध आप्रवासीलाई अमेरिका प्रबेशमा रोक लगाउन मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने बताएका थिए । यता मेक्सिकोले भने यसमा आफ्नो आर्थिक सहयोग हुन नसक्ने स्पष्ट पारिसकेको छ । आखिर ट्रम्पको यो पर्खाल कसरी बनाउँलान् ? किनकि यसको निर्माणमा ठूलो लागत आवश्यक पर्छ भने थुप्रै नीजि जमिन पनि अधिग्रहण गर्नुपर्छ ।

ट्रम्पको यो प्रतिबद्धतामाथि मानिसहरुलाई सन्देह छ किनकि यो सहज कार्य होइन । बिश्लेषकहरुले त यो कहिल्यै सम्भव नभएको भनेका छन् । यद्यपि ट्रम्पले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनेछन् र आप्रवासी कानून पनि निक्कै कडा बनाउनेछन् ।

के ट्रम्पले गर्भपतन रोक्लान ?

यसै बर्ष मार्च महिनामा ट्रम्पले भनेका थिए कि गर्भपतनलाई गैरकानूनी बनाउनु आवश्यक छ । ट्रम्पले गर्भपतनमा केहि सजायको व्यवस्था गर्नुपर्ने कुरा पनि गरेका थिए ।

तर, उनले यस कुरामा आफ्नो धारणा परिवर्तन गरेका छन् । उनले केहि राज्यहरुमा यसलाई छुट दिन सकिने बताएका थिए । ट्रम्पले बलात्कार, हाडनाता सम्बन्ध र आमाको जीवन संकटमा पर्ने परिस्थितिमा गर्भपतनको समर्थन गरेका थिए । ट्रम्पले गर्भपतनका लागि सरकारले दिने सहयोग पनि रोक्न चाहन्छन् ।

समलिंगी विवाहप्रति ट्रम्प किन यति अनुदार ?

डोनाल्ड ट्रम्पले एक अन्तर्वार्ताका क्रममा भनेका थिए कि उनी समलिंगी विवाहको विपक्षमा छन् । तर उनले यो पनि भनेका थिए कि उनी समलिंगी विवाहमा सहभागी बन्नेछन् । उनका अनुसार यो मुद्धा राष्ट्रियस्तरमा भन्दा पनि राज्यस्तरमै सुल्झाउनु उपयुक्त हुन्छ ।

सन् २०१५ मा जव सुप्रिम कोर्टले अमेरिकामा समलिंगी विवाहलाई बैधानिक मान्यता दियो, ट्रम्पले त्यतिबेला नै असहमति जनाएका थिए । सुप्रिम कोर्टको फैसलापछि उनले यो मुद्धा सकिइसकेको बताएका थिए ।

उनले भनेका थिए कि उनी सुप्रिम कोर्टको फैसदा उल्टाउने प्रयास गर्नेछैनन् । यद्यपि उनले यसै बर्षको सुरुवातमा फक्स न्युजसँगको कुराकानीमा भनेका थिए, उनी सुप्रिम कोर्टमा यस्तो न्यायाधीश नियुक्त गर्न चाहन्छन् जसले यो फैसला बदलुन् । ट्रम्पसँग उपराष्ट्रपतिको रुपमा निर्वाचित माइक प्यान्सपनि समलिंगी विवाहको बिरोधमा छन् ।

musalman-pratibanda

मुसलमानहरुलाई के गर्लान ट्रम्पले ?

क्यालिफोर्नियाको सान बर्नाडिनोको नरसंहारमा १४ मानिसको मृत्यु भएपछि ट्रम्पले एक प्रेस रिलिज जारी गरेका थिए, जसमा अमेरिकामा अर्को मुलुकबाट मुसलमानहरुको प्रबेश पूर्णरुपमा बन्द गराउनुपर्ने उल्लेख थियो ।

ट्रम्पको यस बक्तव्यको संसारभरबाट आलोचना भयो । अमेरिकामा पनि मानिसहरुले ट्रम्पको भनाइ अपमानजनक र असंबैधानिक भएको बताए । यद्यपि चुनाव जितेपछि ट्रम्पको वेवसाइटमा मुसलमानमाथिको प्रतिबन्धबारेको पेज हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment