Comments Add Comment

भारु दुई हजारको नोटमा नेपाली भाषाको प्रयोग

2000-ic

२८ कात्तिक, काठमाडौं । एक हजार र ५ सयका भारु नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले २ हजारको नयाँ नोट ल्याउँदैछ । र, यो नयाँ नोटमा नेपाली भाषाको समेत प्रयोग गरिएको छ ।

यो नयाँ नोटमा धेरै भारतीयहरुको चासो छ । उनीहरु एकअर्कालाई तिमीले २ हजारको नयाँ नोट देखेका छौं भनेर प्रश्न गर्छन् । साथै यो नोटबारे अब नेपालमा पनि चर्चा हुन थालेको छ ।

भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर गल्ती रहेको भन्दै चर्चा भएको हो । नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा दुई हजार रुपैयाँ पनि लेखिएको छ ।

एउटै कुरा दुई ठाउँमा लेखिएको र यो गल्ती भएको भन्दै न्यूज पोर्टल सत्याग्रहले लेखेपछि यसले धेरैको ध्यान तानेको छ ।

तर, यो गल्ती नभएको थाहा भएको छ । द क्वीजका अनुसार नयाँ नोटमा भारतमा बोलिने प्रमुख भाषाहरु पनि राखिएको छ । जसमा नेपाली पनि परेको हो । भारतमा पनि नेपाली भाषी नागरिकहरु छन् र भारतको संविधानको अनुसूचिमा समेत नेपाली भाषा उल्लेखित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment