Comments Add Comment

शरीरको वारेमा गरिएको टिप्णीले दुःखी हुन्छिन् प्रियंका

priyanka-chopraमुम्बई । आफ्नो शरीरको विषयमा गरिने टिप्पणीले अभिनेत्री प्रियंका चोपडालाई दिक्क बनाउने गरेको छ । हलिउडमा समेत चर्चामा रहेकि पि्रयंकाले एक अन्तरर्वाताको क्रममा यस्ता टिप्पणीले आफुलाई दुःखी बनाउने बताएका हुन् ।

‘हाम्रो फिल्म उद्योगमा हामीलाई सकेसम्म राम्रो देखिनुपर्ने वाध्यता हुन्छ’ प्रियंकाले भनिन् ‘तर कतिपय मान्छेले टिप्पणी गर्दै भन्छन् पहिला त तिमीलाई यो डे्रस सुहाएको थियो अहिले राम्रो देखिएन’ ।

उनले किशोरीहरुलाई सन्देश दिँदै भनिन् यस्ता टिप्पणीले कहिल्यै दुःखी नहुनु । भन्नेहरु जे पनि भन्छन् । आफ्नो क्षमता पहिचान गर्दै अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

अर्कि अभिनेत्री सोनम कपुरलाइ पनि शरीरको वारेमा आफन्तले गरेको टिप्पणीले दुःखी बनाएको थियो । उनलाई कोही नातेदारले भनेका थिए । यस्ति काली र अग्लीलाई कसले बिहे गर्छ ?’ मोटी भएको भन्दै आलोचना खेप्न विवस परीणिती चोपडाले स्लिम बन्नका लागि केहि महिना खर्चिनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment