Comments Add Comment

अनलाइनमा आफैंलाई विक्रीका लागि राखिन् चिनियाँ युवतीले

kaiyo

चीनमा एक युवतीले आफैंलाई बिक्रीका लागि अनलाइनमा राखेकी छिन् । उनले यसरी आफैंलाई बेच्न खोज्नुको कारण भने दर्दनाक छ ।

चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीमा राखेकी हुन् । उनले सबैभन्दा बढि बोली लगाउनेले आफूलाई किन्न सक्ने उल्लेख गरेकी छिन् । चीनमा लोकप्रिय सामाजिक सञ्जाल वि च्याटमा उनले आफूलाई चाँडोभन्दा चाँडो खरिद गर्न आग्रह गरेकी छिन् ।

कैयोले आफैंलाई बेच्नुपर्ने वाध्यतामा पुग्नुको कारण हो उनकी आमाको बिमारी । उनलाई आमाको उपचारका लागि पैसा चाहिएको छ । विपन्न परिवारकी जेठी छोरी कैयोले पैसा जुटाउने कुनै उपाय नभेटेपछि आफैंलाई विक्रीमा राखेकी हुन् । बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने कैयोले बताएकी छिन् । उनले आफ्नो फोन नम्बर पनि सेयर गरेकी छिन् ।

गरिबीको कारणले आफ्नो पढाई पूरा गर्न नसकेकी कैयो परिवारको भरणपोषणका लागि थुप्रै ठाउँमा मजदुरी गर्छिन् । उनकी आमालाई स्किन क्यान्सर भएको छ । उनलाई हाल गान्झाउ अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले उनको उपचारका लागि साढे तीन लाख युआन मागेको छ । यति धेरै पैसा उनको परिवारसँग छैन ।

कैयोले गरेको विज्ञापनमा धेरै समाजसेवी संस्थाहरुको ध्यानाकर्षण भएको छ । एउटा एनजिओले उक्त विज्ञापनको आधिकारिकता पुष्टि गरिसकेपछि कैयोलाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । गोंग यी पाई नामको एनजिओका संस्थापक हुआङ की-लिंगले कैयोको आमाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफ्नो संस्थाले व्यहोर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment