+
+

उद्योग मन्त्रालयको योजनाः ६ महिनाभित्र साढे ११ हजारलाई रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३० गते १०:३७

Aapurti-Mantralaya
२८ कात्तिक, काठमाडौं । उद्योग मन्त्रालयले विभिन्न सीप र उद्यममार्फत ५० हजार युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ ।

लामो समयदेखि बन्द रहेको विभिन्न उद्योग सञ्चालन सम्बन्धित कार्ययोजनाको कार्यान्वयनका बारेमा जानकारी गराउँदै मन्त्री नवीन्द्रराज जोशीले तत्काल ११ हजार ४ सय ५० जनालाई छ महिनाभित्र रोजगारीको अवसर सिर्जना गर्ने बताए ।

मन्त्री जोशीले पद सम्हालेपछि गत भदौ २६ गते समयसीमा निर्धारण गरी मन्त्रालयका कार्ययोजना सार्वजनिक गरेका थियो ।कार्ययोजनाको कार्यान्वयनका बारेमा मन्त्री जोशीले यस्तो महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।

मन्त्री जोशीले नेपालका स्वदेशी तथा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेको बताउँदै आगामी फागुन १९ र २० गते नेपालमा अन्तर्राष्ट्रिय लगानीकर्ताको सम्मेलन गरिने समेत जानकारी दिए ।

मन्त्रालयले नीतिगत तथा कानुनी, संरचना प्रक्रियागत, लघु, घरेलु तथा साना उद्योगको विकास प्रवर्द्धन, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र स्थापना र विस्तारलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको उनले दाबी गरे ।

मन्त्री जोशीले बन्द भएका सार्वजनिक उद्योग पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै भने, ‘त्यस्ता उद्योग सार्वजनिक निजी साझेदारी मोडेलमा सरकारलाई आर्थिक भार नपर्ने गरी सञ्चालन हुन्छन् ।”

मन्त्रालयले हाल प्रत्येक महिनाको अन्तिम शुक्रबार दुई घन्टा उद्योगका समस्या र गुनासो सुनुवाइ गर्ने र नयाँ अन्वेषणका बारेमा सरोकारवालासँग छलफल समेत गरिरहेको छ ।

मन्त्री जोशीले नेपाल औषधि कम्पनी लिमिटेड पुनःसञ्चालनको अन्तिम तयारीमा रहेको बताउँदै हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सुरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी, विद्यार्थी र शिक्षकको ड्रेस आपूर्ति गर्नेगरी पुनःसञ्चालन हुने पुनः जानकारी दिएका छन् ।

मन्त्रालयले घरेलु तथा साना उद्योगलाई बैंकबाट सहज र सहुलियत रुपमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?