३० कात्तिक, रोल्पा । थबाङकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमानसँग बहिनीको संलग्नता देखिएको छ ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनकुमारीको भैरहवामा उपचारका क्रममा शनिबार निधन भएको छ । र, कुटपिटमा संलग्न सुनकुमारीका श्रीमान ध्रुव नेपालीसँगै साली (सुनकुमारीकी सानीआमाकी छोरी) जालकुमारी नेपालीलार्इ प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाउने तयारी थालेको छ ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार दुवै जनालाई असोज २६ गते नियन्त्रणमा लिई कारागार कार्यालय, रोल्पामा थुनामा राख्दै आएको छ ।
साली भिनाजु जालकुमारी र ध्रुव २५ हजार धरौटीमा छुट्थे तर, धरौटी जम्मा गर्न नसकी पुर्पक्षका लागिथुनामा पठाइएको थियो ।
तर, सुनकुमारीको मृत्यु भएपछि थप अनुसन्धान गरी कर्तव्य ज्यानको मुद्दाका लागि प्रक्रिया अगाडिबढाइएको छ ।
प्रहरी अनुसन्धान र जिल्ला अदालत रोल्पामा जालकुमारीले दिएको बयानका आधारमा मृतकसुनकुमारीलाई उनले नै ढुङ्गामा पटकपटक टाउको ठोक्काइ कुटपिट गरेको पाइएको छ । यसरीसुनकुमारीको हत्यामा साली भिनाजुको संलग्नता रहेको देखिएकोछ ।
प्रनि श्रेष्ठका अनुसार असोज २५ गते विजया दशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेरभइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद भएको थियो । लगतै सुनकुमारीका श्रीमान् ध्रुव र बहिनी जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटकमसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको घटनास्थल पुग्दा प्रत्यक्ष देखिएकोप्रहरीको अनुसन्धानमा खुलेको छ ।
काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् रोजगारीका लागि विगत दुई वर्षदेखि साउदी अरबमाछन् । र, जालकुमारी करिब छ महिनादेखि सात वर्ष, चार वर्ष र तीन वर्षका छोराछोरीलाई पढाउनेबहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् । हाल जालकुमारीका तीन वर्षीय एक छोरी उनीहरुसँगैकारागार कार्यालय, रोल्पाको बन्दीगृहमा छिन् ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपाली आर्थिक अभावकाकारण गाउँकै बज्यै पर्नेको घरमा करिब एक वर्ष पहिलेदेखि काम गर्न बसेकी थिइन् भने उनका दाजुआर्थिक अभावका कारण करिब तीन वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् ।
प्रनि श्रेष्ठका अनुसार साली भिनाजु मिलेर कुटपिट गर्दा घाइते भएकी सुनकुमारी रातभरि सिलौटामाठोकिएकै ठाउँमा लडिरहेकी थिइन् । सुनकुमारीलाई घाइते अवस्थामा छोडेर जालकुमारी आफ्नो कोठामाफर्किएको र मदिराले मातेका श्रीमान् भने घरमै बसेको अनुसन्धानबाट खुलेको छ ।
रासस
प्रतिक्रिया 4