Comments Add Comment

कालीकोटका कुपोषित बालवालिकाबारे प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण

Pm-office

३० कात्तिक, काठमाडौं । कालीकोटमा कडा कुपोषणको शिकार भएका बालवालिकालाई सहयोगका लागि प्रस्ताव ल्याउन प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

कालीकोटमा कडा कुपोषणबाट ३३३ वालवालिका प्रभावित भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको हो ।

प्रधानमन्त्री कार्यालयले कालीकोटका ३३३ वालवालिकाका बारेमा के गर्न सकिन्छ, प्रस्ताव ल्याउन स्वास्थ्य सचिवलाई निर्देशन दिएको छ ।

गत साउन अन्तिम सातादेखि कडा कुपोषण व्यवस्थापन कार्यक्रम लागू भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले ६ महिनादेखि ५ बर्ष उमेरसमूहका ३३३ जना बालबालिका कडा कुपोषणको शिकार भएको पहिचान गरेको थियो ।

जनस्वास्थ्य कार्यालय कालीकोटले उनीहरुको सम्बन्धित उपचार केन्द्रहरुमा उपचार भइरहेको जनाएको छ । तीमध्ये एक बालक र एक बालिकाको भने गत कात्तिक २४ र २६ गते मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुस्

सुजातालाई ५० लाख दिने सिंहदरबारले देखोस् ! यो कालिकोट हो, सुडान होइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment