बलिउड चलचित्रकी चर्चित पाश्र्व गायिका आशा भोस्लेको स्वरमा एक नेपाली गीत सार्वजनिक भएको छ । हुनत, आशाले केहि नेपाली चलचित्रको गीतमा पनि आवाज दिएकी छिन् ।
‘ट्रिब्यूट’ नामक एल्बममा समावेश ‘गुँरास फुल्यो’ बोलको गीतको भिडियोमा आशा र किशोर सिवाकोटीको स्वर छ । सरवजित राइको शब्द रहेको गीतमा रञ्जित गजमेरको संगीत छ । यो भिडियोमा नायिका प्रियंका कार्की र दिपर्शनको मोडलिङ छ ।
भरत रेग्मीको सम्पादन, धिरज जंग शाहको छायांकन रहेको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4