३० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा भूतपूर्व हुन अब केही दिन मात्रै बाँकी छ । विश्वशक्ति राष्ट्रको बागडोर सम्हाल्दाखेरीको राप र ताप उनले भविष्यमा पक्कै मिस गर्नेछन् । यद्यपि एक भूतपूर्व राष्ट्रपतिका रुपमा पनि उनले राज्यबाट प्रशस्त सेवा सुविधाहरु पाउँछन् ।
सन् १९५८ भन्दा अगाडि पूर्व राष्ट्रपतिलाई कुनै पनि किसिमको सुविधा दिने प्रचलन थिएन । पछि अमेरिकी कांग्रेसको कानूनमा संसोधन गरेर पूर्वराष्ट्रपतिलाई पनि निश्चित सुविधा दिन थालियो । के कस्तो सुविधा पाउनेछन् त ओबामाले भुतपूर्व भएपछि ?
पेन्सन
ओबामाले पदबाट हटेपछि पेन्सनका रुपमा वाषिर्क दुई लाख ३ हजार सात सय डलर बुझ्नेछन् । यसमा कर लाग्छ । ह्वाइट हाउस छोडेकै दिनदेखि उनको पेन्सन सुरु हुन्छ ।
ट्रान्जिसन फन्ड
अवकाशपछि ओबामालाई ट्रान्जिसन फन्ड पनि प्राप्त हुन्छ । राष्ट्रपति कार्यालय छोडेको सात महिनासम्म उनले यो फन्ड प्राप्त गर्छन् । यसमा अफिस स्पेस, स्टाफ कम्पेन्सेसन, सञ्चार सेवा, पि्रन्टिङ तथा पोस्टिङसम्वन्धि खर्चहरु पर्दछन् ।
स्टाफ तथा अफिस
ओबामालाई अफिस तथा स्टाफ राख्नका लागि पनि पैसा प्राप्त हुनेछ । यो रकम पहिलो ३० महिनामा वार्षिक एक लाख ५० हजार डलर तथा त्यसपछि ९६ हजार डलरभन्दा नबढ्ने गरी हुनेछ ।
मेडिकल इन्स्योरेन्स
ओबामाले सैनिक अस्पतालमा आफ्नो स्वास्थ्योपचार गर्न सक्नेछन् । उनलाई सरकारबाट स्वास्थ्य बीमा प्राप्त हुनेछ ।
भ्रमण खर्च
अवकासपछि कुनै पनि औपचारिक भ्रमण गर्दा ओबामालाई भ्रमण खर्च प्राप्त हुनेछ । अनौपचारिक भ्रमण भने उनले आफ्नै खर्चमा गर्नुपर्नेछ ।
प्रतिक्रिया 4